काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले ४ गतेका लागि प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।
उनले प्रधानमन्त्रीलाई प्रश्न सोध्नको लागि आइतबार दिउँसो १ बजेसम्म नाम टिपाउनको लागि सांसदहरूलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस