२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्रीले धरातल छाडेर हावादारी गफमात्रै दिए : प्रचण्ड

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीले धरातल छाडेर हावादारी गफमात्रै दिएको आरोप लगाएका छन् ।

बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका हुन्।

उनले भने, 'गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ ।,' उनले भने ।

उनले आफूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको र आफूले सदनमा बोलेकोभन्दा फरक नरहेको जिकिर गरे । 'टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट