२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण, आफ्नै मौलिक मोडेलमा विकास गर्न सकिन्छ : प्रचण्ड

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए ।

उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देशमा बन्ने बताए ।

‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ,’ प्रचण्डले भने, ‘हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।’

उनले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस्तुको सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन धेरै समय लाग्दैन ।’

भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो । यो अभियानको प्रत्येक घरपरिवारलाई एभोकाडो फलका २ वटा बिरुवा नि:शुल्क प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट