काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई पार्टीको तेस्रो वरियतामा राखेको छ । नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरियता तोकेको हो ।
एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो सदस्य, लोकनाथ धमला पनि पोलिटब्युरो सदस्य बनेका छन्।
बैठकले भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्य बनाएको छ।
प्रतिक्रिया दिनुहोस