काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।
हस्ताक्षरका लागि अहिले दुवै दलले सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।
कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र संसदीय दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
प्रतिनिधिसभामा एमालेका कुल ७९ सांसदमध्ये टोपबहादुर रायमाझी निलम्बनमा भएकाले ७८ जना कायम छन् ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।
प्रतिक्रिया दिनुहोस