काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सुरु भएको छ ।
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
जारी बैठकमा सत्तापक्षको पछिल्लो कदमबारे छलफल भइरहेको छ ।
उपसभामुख रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस