काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने कांग्रेस–एमालेको योजनामा आपत्ति जनाएका छन् ।
उपसभामुख रानालाई हटाउने योजनाका साथ कांग्रेस र एमालेका सांसदहरुले हस्ताक्षर गरिरहेका छन् ।
तर कोइरालाले भने हस्ताक्षर गरेका छैनन् । उनले यतिबेला उपसभामुखलाई हटाउनु पर्ने हतारो नभएको बताएका छन् ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।
https://sunaulonepal.com/content/378332/
https://sunaulonepal.com/content/378359/
प्रतिक्रिया दिनुहोस