काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन भन्दै सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएर कांग्रेस र एमालेले नौटङ्की देखाएको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले बहुमत पुर्याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नको लागि उपसभामुखलाई हटाउने कुरा चलिरहेको बताइन् । उनले भनिन्, ‘उपसभामुखले सिफारिस मात्रै गरेको त्यो पनि के का लागि ? समय अगाडि सार्नका लागि गरेको सिफारिस थियो । त्यसमा उहाँलाई महाभियोग लगाउने सम्मको कुरा गरियो, खाली कागजमा हस्ताक्षर गराउने कस्तो पार्टी ? हस्ताक्षर गर्ने कस्ता सांसद ? धिक्कार छ ।’
उनले सरकारले भिजिट भिसा प्रकरणमा कमाउ धन्दा चलाएका गृहमन्त्री रमेश लेखकलाई बचाएको भन्दै आपत्ति जनाइन् ।
प्रतिक्रिया दिनुहोस