काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
आज पनि प्रतिनिधि सभामा रास्वपा र राप्रपाले आफ्ना कुरा राखेर बाहिरिएका हुन् ।
रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियारले बोलेका थिए भने राप्रपाबाट सांसद रोशन कार्कीले बोलेकी थिइन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस