काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।
उनी बुधबार साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
लामिछानेलाई गत शनिबार भैरहवाबाट नख्खुमा सारिएको थियो। मानव अधिकार आयोगको निर्देशनपछि सरकारले उनको कारागार स्थानान्तरण गरेको हो।
सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए।
प्रतिक्रिया दिनुहोस