२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

बुधवार , भाद्र ४, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘ मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

सरकारले सो विधेयक, २०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता गराएको थियो । सो विधेयकमाथि गत साउन आठ गते प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते बिहीबार अपराह्न १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट