२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कांग्रेस–एमालेले आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरे, मलाई र रास्वपालाई फाइदै पुगेको छ : रवि लामिछाने

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दामा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उही मुद्दामा थुप्रैले उन्मुक्ति पाएको र आफूलाई मात्रै लखेटिएको गुनासो गरेका छन् ।

आज (बुधबार) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले वर्तमान सत्ता गठबन्धन आफूप्रति अनुदार भएको सुनाएका हुन् ।

प्रचण्डसँग रविले भने, ‘अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि मुद्दा लड्छु भन्दा त्यति पनि सुविधा पाइनँ । यो सरकारले मप्रति विभेद किन गर्‍यो ? बुझ्न सकेको छैन ।’

कांग्रेस र एमालेले गरेको व्यवहारले राजनीतक रुपमा आफू र (रास्वपा) पार्टीलाई देशभरि फाइदा पुगेको रविको निष्कर्ष छ ।

कांग्रेस र एमालेले आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरेको उनले बताए ।

त्यस्तै, लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस–नेकपा एमालेले तयारी सुरु गरेको बारे पनि प्रचण्डसँग गुनासो गरे ।

उपसभामुख इन्दिरालाई देखाएर संवैधानिक निकाय कब्जा गर्न कांग्रेस–एमाले लागेको उनले बताए । यो इन्दिरामाथि मात्रै नभएर सिस्टममाथिको प्रहार भएको रविले बताएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार नख्खु कारागारमा पुगेर रविसँग भेट गरेका हुन् ।

https://sunaulonepal.com/content/378652/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट