२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै ३४ लाख जनाले गरे हस्ताक्षर, सहयोग रकम ६५ लाख

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरूद्ध हस्ताक्षर संकलन अभियान जारी छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरूद्ध आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ ।

साथै उक्त अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको झाले जानकारी र्दिका छन् ।

उनका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ । हिजो ‘देश यात्रा’ सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको उनले बताए ।

यस हस्ताक्षर संकलन अभियानको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरेका छन् ।

सहकारी सम्बन्धी मुद्दामा रवि हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट