काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिमा आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सो कुरामा आपत्ति जनाएका हुन् ।
उनले भारत र चीनबीच भएको भनिएको सम्झौतापछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरे ।
उनले नेपाललाई जानकारी नै नगराई भएको भारत र चीनबीचको सम्झौता र नेपालको भूमिमाथि भारतको दाबी चिर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।
प्रमुख सचेतक पाण्डेले यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्नुपर्ने बताए । उनले नेपालको हितमा एकजुट हुनको लागि हाम्रो सरकारसँग अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस