काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले रोक्न खोजेपनि आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गरिरहने बताएकी छन् । बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको बताइन् ।
जनताको बहुदलीय जनवादको मर्म र भावनाअनुसार काम गर्नुपर्ने उनले बताइन् ।
त्यस्तै उनले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याइन् । उनले संसद् नै निरीह थलो बनेर बसिरहेको समेत बताइन् ।
साथै, जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन् ।
प्रतिक्रिया दिनुहोस