२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नक्कली शैक्षिक प्रमाणपत्र बिक्री गरेको आरोप लागेका नेता कँडेललाई रास्वपाले गर्यो निलम्बन

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई रास्वपाले शुक्रबार निलम्बन गरेको हो। चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट