२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पुर्वसभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा बानेश्वर बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

आइतवार , भाद्र ८, २०८२

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित तीज विशेष कार्यक्रम पुर्ब सभामुख एवं नेकपा (माओवादी)  केन्द्रका स्थायी कमिटी सदस्य ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। आज काठमाडौंको बानेश्वर बहुमुखी क्याम्पस , शान्तिनगरमा भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा विशेष अतिथि क्याम्पस प्रमुख डा घमानसिंह खड्का, माओवादी केन्द्रका केन्द्रीय सदस्य पन्चा सिंह, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सि लगायतको रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ओनसरी घर्ती मगरले तीज पर्वले सांस्कृतिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भावलाई बलियो बनाउन मद्दत गर्ने बताइन्। उनले विद्यार्थी जीवनमा यस्ता सांस्कृतिक गतिविधिले सहकार्य र सकारात्मक सोच प्रवर्द्धन गर्ने पनि उल्लेख गरिन्।

विशेष अतिथि क्याम्पस प्रमुख घमानसिंह खड्काले स्ववियुले भव्य कार्यक्रम आयोजना गरेकोमा बधाई दिँदै यसले विद्यार्थीको नेतृत्व विकास मात्र होइन, सांस्कृतिक मूल्यमान्यता जोगाउने कार्यमा पनि महत्वपूर्ण योगदान पुर्याएको बताए । साथै उनले तिज पर्वले हामी सबैमा सुख, शान्ति, एकता र समृद्धि ल्याउने विषय उल्लेख गर्दै शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भुमिराज अधिकारीले सभाध्यक्षको भूमिका निर्वाह गर्दै  सम्पूर्ण सहभागीहरूलाई हरितालिका तीजको शुभकामना व्यक्त गरे । उनले तीजजस्ता पर्वहरूले हाम्रो मौलिक संस्कृतिलाई जोगाउने मात्र नभई नयाँ पुस्तामा परम्परागत मूल्य–मान्यताको संरक्षण गर्ने अवसर दिने धारणा राखे ।

स्ववियुको सक्रिय पहल र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमलाई उपस्थित अतिथिहरूले तिज पर्वले नेपाली नारीको संस्कृति, पहिचान र आत्मबललाई अभिव्यक्त गर्ने अवसर भएको उल्लेख गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा अतिथिको रुपमा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, विद्यार्थी, प्राध्यापक, कर्मचारी, विभिन्न क्रियाशिल संगठनका अध्यक्ष प्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक नृत्य, गीत–संगीत र तीज पर्वको महत्वबारेका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। साथै नृत्य तथा गायनमा सहभागी विद्यार्थीहरुलाई प्रसंसा पत्र प्रदान गरिएको थियो।

आयोजक स्ववियूले  सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट