२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विपिन जोशीलाई रिहाइको पहलका लागि थप प्रयत्न गर्न परराष्ट्रमन्त्रीसँग आमा र बहिनीको आग्रह

आइतवार , भाद्र ८, २०८२

काठमाडौँ । प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् ।

विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री डा राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका हुन् ।

मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न तथा उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि आज उनीहरुले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन् ।

दुवै जनाले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गरेको तथा त्यहाँ राष्ट्रपतिदेखि उच्चसरकारी अधिकारीहरुसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिएका थिए । त्यस अवसरमा मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् ।

मन्त्री डा राणाले उनीहरुसँग भनिन्, “यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा अन्तरराष्ट्रिय बैठक तथा भेटवार्ताहरुमा विपिनको रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी राखेका छौँ ।”

आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्री एवं अधिकारीसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तरराष्ट्रिय फोरममा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रुपमा राख्दै आएको मन्त्री डा राणाले जानकारी दिइन् । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन हमास समूहको अपहरणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट