काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एमालेले भदौ १३ गते बोलाएको बैठक स्थगित भएको हो ।
दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो ।
तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिएको भन्दै एमालेले अर्को सूचना नआएसम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।
विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्ने तय भएको छ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई आजसम्म गतेसम्मको समयसीमा दिएको छ ।
विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस