काठमाडौँ । ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी छन् ।
नेपाली कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी हुन् ।
सभामुख देवराज घिमिरेलाई भेटेर न्यौपानेले मङ्गलबार सभापतिबाट राजीनामा दिएकी हुन् ।
न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिँदै छिन् ।
https://sunaulonepal.com/content/379472/
प्रतिक्रिया दिनुहोस