काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।
मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले आजै संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् ।
निर्वाचन भने भोलि समितिको बैठकमै हुनेछ ।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि यो भन्दा अघिका सभापति पदबाट सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस