२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमालेका नेता ऐन महर सरकारी वकिल कार्यालयबाटै हाजिरी जमानीमा रिहा

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । बुधबार गाली बेइज्जतीको जाहेरीपछि पक्राउ परेका महर हाजिरी जमानीमा छुटेका हुन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा छाडिएको हो ।

गाली बेइज्जती तथा चरीत्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि महर अनुसन्धानमा सघाउने भन्दै आज (बुधबार) साँझ आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए ।

बझाङ घर भएका महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।

महर प्रतिनिधिसभाको चुनावमा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए । पछिल्लो समय महर विवादित बनेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट