२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।

यो दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटरेसले आज संक्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट