२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

राष्ट्रियसभा बैठक बस्दै, अर्थमन्त्रीले पौडेलले जवाफ दिने कार्यसूची

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसूची छ । यस्तै विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सबन्धी विधायन ब्यवस्था समितिको प्रतिवेदन पेश गर्ने छिन् ।

राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, सञ्चार सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट