२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । आज बिहान करिब २ः५० बजेजडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुटर बसमा गएर ठोक्किँदा स्कुटर चालक र पछाडी सवार घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो ।

स्कुटर चालक नवलपरासी सुनौल ०१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने वर्ष २२ को शिरिस पौडेल उपचारको क्रममा साढे ३ बजे र स्कुटर पछाडी सवार काभ्रेपलाञ्चोक पाचँखालका २३ बर्षिय नितेश नेपालको उपचारको क्रममा पौने चार बजे मृत्यु भएको थियो।

बस चालक प्रहरी नियन्त्रणमा छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट