२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप लागेपछि पाँडे बुधबार साइबर ब्युरो पुगेका थिए।

उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो। उनीविरुद्ध अनुसन्धान गर्नका लागि अदालतले ४ दिनको म्याद थप गरेको थियो ।

पाँडेविरुद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट