२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बाँदरेमोडमा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

शनिवार , भाद्र १४, २०८२

१४ भदौ, काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।

शनिबार बिहान पौने ७ बजे सुख्खा पहिरो खसेर राजमार्ग अवरूद्ध भएको हो।बाँदरेमोडमा सुक्खा पहिरो

पहिरो खसेपछि बाटो दुइतर्फी नै अवरूद्ध भएको हो। बाटो अवरूद्ध भएपछि सवारी साधनहरू रोकिएका छन्। अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट