२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बागमती प्रदेशसभाको बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो छ

आइतवार , भाद्र १५, २०८२

बागमती । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उनले बताए ।

यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्नुहुने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताए ।

यसैबीच, प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट