शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

काठमाडाैं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 

सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ गराइने स्राेतले बताएकाे छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।

संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए । मनाङेलाई मन्त्री बनाउनुमा सरकार जोगाउने मुख्यमन्त्रीको रणनीति भनी बुझिएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend