काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तरको ऐतिहासिक रेकर्ड बनाएको छ । आज आइतबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, तोलामा ६५ रुपैयाँ बढेर आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३४४७.९५ डलर र चाँदी प्रति औंस ३९.७४ डलर पुगेको छ। सुनको मूल्य बढ्नुका मुख्य कारणहरूमा अमेरिकी डलरको मजबुती, विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव, मुद्रास्फीति र केन्द्रीय बैंकहरूको सुन खरिद वृद्धि रहेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस