२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

फेरि १७ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।

आज पनि प्रतितोला १७ सयको वृद्धिसँगै सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो ।

आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट