विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा वातावरण र सामाजिक शुसासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वातावरण, पर्यावरण र सामाजिक सुशासन आजको विश्व व्यावसायिक जगतमा महत्वपूर्ण अवधारणा बनिसकेको बताउँदै अहिलेको परिप्रेक्षमा लगानीकर्ताहरूले अब कम्पनी वा उद्योगको मूल्य केवल नाफा र घाटामा मात्र नभई सामाजिक उत्तरदायित्व वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि गर्ने गरेको बताए ।
उनले इएसजी अवधारणाले कोशी प्रदेशलाई मात्र होइन सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने र कोशीप्रदेशमा इएसजी अभ्यासहरूलाई अपनाउन सके भविष्यमो प्रदेश लगानीको आकर्षक गन्तव्य बन्नसक्ने कुरामा जोड दिए ।
उनले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विगत केही वर्ष यता पर्यावरण र सामाजिक सुशासनको मर्मसँग मेल खानेगरी कार्यक्रम संचालन गरिएको गरेको बताए ।
प्रदेशका विभिन्न जिल्लामा रहेका साना तथा मध्यम उद्योगहरू,जुन विभिन्न जातजातिहरुले सञ्चालन गरेको उद्योगहरूको प्रवर्धनमा विशेष जोड दिएको उनले बताए ।
महिलाद्वारा सञ्चालन गरिएका उद्योगलाई क्षमता विकास गर्न,नेपाली ढाका कपडा उत्सव आयोजना, ग्रामीण क्षेत्रमा रहेका साना उद्योगहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन, ब्रान्डिङ र क्षमता विकासका कार्यक्रमहरू,कोशी प्रदेशका विभिन्न जातजातिहरूले उत्पादन गरेका रैथाने उत्पादनहरूलाई विभिन्न महोत्सवमार्फत एउटै मञ्चमा ल्याई प्रवद्र्धन गर्ने कार्य सुरुवात गरेको जानकारी अध्यक्ष राउतले जानकारी दिए ।
कार्यक्रममा आईफसीका यजस्वी श्रेष्ठले आईफसीको परिचय तथा नेपालमा संचालित कार्यक्रमहरुको बारेमा र कार्यक्रमको उद्देश्यबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
यसैगरि आईफसीका लोपा रहमान र सोफिया टामोटले व्यवसायिक सुशासन र यसको महत्व र वातावरण र सामाजिक चुनौती बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा मोरङ उद्योग ब्यापार संघका उपाध्यक्ष अनिल सारडाले उद्योगहरुको अवस्थाका वारेमा जानकारी गराउदै इएसजी मापदण्ड के के हुन भनि जानकारी समेत लिएका थिए ।
ग्रिन यार्ड एग्रो फार्मका संचालक गिरीराज वस्नेतले कृषि क्षेत्रमा वातावरण जोखीम अधिक रहेको बताउँदै गाँई पालन क्षेत्रमा भएको जोखीमबारे अवगत गराएका थिए । कार्यक्रममा सहभागिहरुले आईफसीले नेपालमा गर्ने लगानी तथा यसका प्रक्रियाका बारेमा प्रश्न गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ आईएफसीका प्रतिनिधिहरुले दिएका थिए ।
कार्यक्रममा कोशी प्रदेशका जिल्ला/नगर उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत उद्योग प्रतिष्ठानका संचालकहरु गरि करीब ५० जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस