२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता, नयाँ परियोजनामा सहकार्यबारे छलफल

मंगलवार , भाद्र १७, २०८२

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ ।

सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, नदी स्वच्छतालगायत विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए ।

विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए । यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट