सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कोरोना नियन्त्रणका लागि अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने

कोरोना नियन्त्रणका लागि अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने

काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । 

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।

शनिबार अराह्न ट्वीट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइनेबताए ।

‘कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उनको ट्विटमा भनिएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend