२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो ।

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । यस अवधिमा मन्त्रालयमा पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । त्यसबाहेकका अरू सबै सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

यस्तो छ मन्त्रालयको सूचना :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट