२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

इन्द्रजात्रामा राष्ट्रपति पौडेललाई बालेनले गरे स्वागत

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वागत गरेका छन् । इन्द्रजात्रामा सहभागि हुन राष्ट्रपति पौडेल बसन्तपुर पुगेका हुन् ।

सो अवसरमा यसपटक मेयर शाह पनि बसन्तपुर पुगेका हुन् ।

त्यस्तै, इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओली पनि बसन्तपुर पुगेका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । हरेक वर्ष काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपालले बताए । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट