काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।
वि.सं. २०१२ भदौ २२ मा पहिलोपटक जारी गरिएको निजामती सेवासम्बन्धी ऐनको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
आज बिहान सिंहदरबारदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम छ । भृकुटीमण्डपमा भएको मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष घोषणा गरिएका ४० कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ ।
उनीहरूमध्ये १० जनाले १ लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशिको निजामती सेवा पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस