२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं: मन्त्री भण्डारी

आइतवार , भाद्र २२, २०८२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताएका छन्।

नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउन सरकार हातेमालो गर्न तयार रहेको स्पष्ट पारे। उनले भने, “यस व्यवसायमा रहेका जटिलता हटाउन छलफल गर्न तयार छौं। उपयुक्त समयमा बैठक आह्वान गरौं, तपाईंहरू आउनुहोस्। तपाईंहरूले आकर्षक सेवा उद्योग बनाउनुस्, सरकारले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा अझ व्यवस्थित बनाउन खेल्न सक्ने भूमिकाबारे छलफल गर्न तयार छ। व्यवसाय सुधारका सवालमा नीतिगत सहुलियत दिन पनि सरकार तयार छ।”

मन्त्री भण्डारीले संघले २०५२ सालमा स्थापना भएदेखि देशभरका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरी छिटोछरितो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको स्मरण गरे। उनका अनुसार, यसले नेपालको निर्यात प्रवर्द्धन, पारवहन खर्च न्यूनिकरण र व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान दिएको छ।

कुरीयर सेवा क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार, वाणिज्य र सम्पर्क सहज बनाउन विशेष भूमिका खेलेको उल्लेख गर्दै मन्त्री भण्डारीले आजको डिजिटल वाणिज्य र विश्वव्यापीकरणको युगमा यस क्षेत्रको दक्षता र विश्वासनीयता प्रत्यक्ष रूपमा राष्ट्रको आर्थिक वृद्धिसँग सम्बन्धित भएको धारणा राखे।

उनले संघले व्यावसायिकता, नवप्रवर्तन र सहकार्यका माध्यमबाट सेवाको गुणस्तरलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

मन्त्री भण्डारीले आगामी दिनमा कुरीयर सेवा उद्योगको विकास र समृद्धिका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै संघको निरन्तर प्रगति र सफलताको शुभकामना दिए।

यसै अवसरमा उपस्थित व्यवसायीहरूले कुरीयर सेवा संघलाई उद्योग मन्त्रालयको प्रत्यक्ष व्यवस्थापन र संरक्षण अन्तर्गत राख्नुपर्ने माग पनि राखेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट