काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कटाक्ष गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै उनले प्रश्न गरेका छन् ।
शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए ।
जहाँ उनले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।’
त्यही पोस्टमा बालेनले लेखेका छन्, ‘ यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ? सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !’
यो समाचार तयार गर्ने समयसम्म देउवाको पोष्टमा चार हजार तीन सय रियाक्ट गरेका छन् भने बालेनको कमेन्टमा सत्र हजारले रियाक्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस