२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सोमबार भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गर्दै जेनजी पुस्ता

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । सोमबार (भदौ २३) काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताहरु वृहत्त प्रदर्शनी गर्ने भएका छन् ।

भ्रष्टाचार तथा नेपालमा दर्ता नगरेको भन्दै सरकारले फेसबुकलगायत २६ सामाजिक सञ्जाल बन्द गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिने भएका हुन् । सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूलाई जेनजी पुस्ता भनिन्छ।

माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ। प्रदर्शनबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।

ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

सोमबार विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्।

उनीहरुको यो ट्रेण्डमा नेपालमा विभिन्न पेसामा रहेका अन्य पुस्ताले पनि समर्थन जनाइरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट