२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पुस्पराज त्रिपाठीद्वारा आफ्नो जन्मदिनमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना

आइतवार , भाद्र २२, २०८२

पोखरा । पोखरा महानगरपालिका–२८ आरुपाटास्थित लेखनाथ आधारभूत विद्यालयमा लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पुस्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर रु. १ लाख १ हजार बराबरको अक्षयकोष स्थापना गरेका छन्।

सो अवसरमा त्रिपाठीले सात जना विद्यार्थीलाई विद्यालय पोसाक तथा ३२ जना विद्यार्थीलाई ट्रयाकसुट सेट समेत हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ ऐम नेपालका डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल रहेका थिए। त्यस्तै, क्लस्टर ३ प्रमुख दिलु तिवारी, दिनेश बाबु खड्का, नारायण अधिकारी, चन्द्रा शर्मा लगायत अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक संघ, अभिभावक, बुद्धिजीवी तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा त्रिपाठीको योगदानको प्रशंसा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट