काठमाडौँ । अभिनेता पल शाहले जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको प्रदर्शनलाई समर्थन गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत जेनजी पुस्ताले गर्न लागेको भ्रष्टाचार विरोधी, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने सरकारको प्रयासविरुद्धको जेनजी पुस्ताको प्रदर्शनलाई समर्थन जनाएका हुन् ।
काठमाडौंको माइतीघर मण्डला र नयाँ बानेश्वरमा जेनजी पुस्ताहरु वृहत्त प्रदर्शनी गर्ने भएका हुन् ।
उनले नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र नभएर आम जनताको भरोसा र आशा समेत समाप्त पारेको बताएका छन् ।
उनले गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेको र उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको बताए ।
उनले लेखेका छन् :

प्रतिक्रिया दिनुहोस