२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

‘जेनजी’को भ्रष्टाचारविरोधी प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । उज्यालो नेपाल अभियानका अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार हुने जेनजी पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत घिसिङले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै उक्त कदम लोकतान्त्रिक मूल्यविरुद्ध भएको टिप्पणी गरेका छन् । उनले जेनजी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको पूर्ण ऐक्यबद्धता रहने बताए ।

हालै खाडी मुलुक, युरोप र अमेरिकाको भ्रमणपछि स्वदेश फर्किएका घिसिङले नेपालमा बत्तीको मात्र नभई सुशासन र समृद्धिको उज्यालो ल्याउन ‘उज्यालो नेपाल अभियान’ सुरु गरिएको बताएका थिए । उनका अनुसार, लाखौं युवा विदेश पठाएर देशले प्रगति गर्न सक्दैन, बरु स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ ।

घिसिङले देशमा निराशा फैलिएको भए पनि युवाले स्वदेशमै सम्भावना खोज्नुपर्नेमा जोड दिंदै, उज्यालो नेपाल अभियानले आशा र आत्मविश्वास जगाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट