काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन् ।
स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा कलेज र स्कुल पोशाकमै आएका युवाहरूको पनि सहभागिता देखिएको छ ।
पहिले सामाजिक सञ्जालमा सीमित आक्रोशलाई यसपटक जेनजी पुस्ता सडकमै ओर्लिएका हुन् । प्रदर्शनलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, पेशाकर्मी र स्वतन्त्र युवाहरूले समर्थन जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस