२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

सोमवार , भाद्र २३, २०८२

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।

सूचना अधिकारी पासवानले भन्नुभयो ,“अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ ।।” प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट