काठमाडौं । जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।
निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।
माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।
केही युवाहरू प्रहरी बस्ने गार्ड हाउस माथि चढेका छन्। उनीहरूमाथि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रतिक्रिया दिनुहोस