२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

संघीय संसद् भवनभित्र छिरे जेनजी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीहरू बानेश्वरस्थित संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । काठमाडौंको माइतीघरबाट प्रदर्शन सुरु गरेका उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

प्रदर्शनकारीहरूले गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरे । उनीहरुले संसद भवनको (२ नम्बर गेट) पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए ।

जेनजीले नेतृत्व गरेको प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ ।

भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध उर्लिएका नयाँ पुस्ताका युवा (जेनजी) हरू विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट