२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्रीको गृहनगरमा युवाहरूको प्रदर्शन, दमक नगरपालिका कार्यालय कब्जा गर्ने प्रयास

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । भ्रष्टचार र बेथितिविरुद्ध उत्रिएका जेनजी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले दमक नगरपालिकाको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीको तुलनामा प्रहरी संख्या न्यून हुँदा अवस्था नियन्त्रण बाहिर पुगेको छ । प्रहरीहरु नगरपालिकाभित्रबाट अश्रुग्यास प्रहार गरिरहेका छन् भने युवाहरु नगरपालिका कार्यालय कब्जा गर्ने प्रयासमा छन् । नगरपालिकामा प्रदर्शनकारीले ढुंगामुडा गरिरहेका छन्।

आज देशभर जेनजी पुस्ताले भ्रष्टचार, सामाजिक सञ्जाल बन्दकोविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट