२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुग्यो

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी प्रदर्शनमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भएको हो भने सिभिल अस्पतालमा २ जना को मृत्यु भएको हो । त्यस्तै, एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अहिलेसम्म करिब एक सय भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

उक्त प्रदर्शनमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट