२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रुपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी

सोमवार , भाद्र २३, २०८२

भैरहवा (रुपन्देही) । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ ।

यसैगरी बुटवलमा पूर्वतर्फ पेट्रोलपम्प धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मङ्गलापुर तथा बुटवल भैरहवा सडकको दाँयाबाँया १०० मिटरसम्म निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ ।

उल्लेखित निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवातजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट